१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

सन्दीप लामिछानेको वयान सकिएन, पाँच दिन थुनामै राख्न अदालतको अनुमति

२७ असाोज, काठमाडाैँ । बलात्कार आरोपमा पक्राउ परेका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । बिहीबार काठमाडौं जिल्ला अदालतले सन्दीपलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको सन्दीपका वकिल अधिवक्ता सरोजकृष्ण घिमिरेले जानकारी दिए ।

अदालतमा प्रहरीले ७ दिनको म्याद थप माग गरेको थियो भने उनका वकिलले तीन दिनको म्याद थप गर्न माग गरेका थिए । बयान लिने क्रम पनि झण्डै आधा सकिएकाले अनुसन्धानमा लामो समय लिनु भनेको प्रहरीका लागि राम्रो नहुने अधिवक्ता घिमिरेले बताए ।

उनले अदालतमा सूर्यबहादुर थापाको बेन्चले ५ दिनको समय थपेको र कार्तिक १ गते फाइल पेस गर्ने वा म्याद थपको लागि पुनः पेस गर्न सकिने बताए । यसअघि अदालतले ७ दिनका लागि म्याद थप गरेको थियो । गत भदौ २१ मा एक नाबालिगले सन्दीपविरुद्ध जबर्जस्ती करणीको आरोपमा काठमाडौं प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार १२:५४