१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

सभामुख सापकोटासँग चिनियाँ राजदूत यान्छीको भेट

२२ असाेज, काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बिदाइ भेट गगरेकी छन् । राजदूत यान्छीले आज सभामुखसँग उनको सरकारी निवास लैनचौरमा बिदाइ भेट गरेकी हुन् ।

भेटमा सभामुख सापकोटाले राजदूत होउको कार्यकालमा चीनबाट महत्वपूर्ण भ्रमण भएको स्मरण गर्दै सफल रुपमा कार्यकाल सम्पन्न गरेकामा बधाई दिए ।

उनले राजदूत होउलाई नयाँ जिम्मेवारीको सफलताको शुभकामना व्यक्त गर्नुभएको सभामुखको सचिवालयले जनाएको छ । सो अवसरमा राजदूत यान्छीले आफ्नो कार्यकालमा सङ्घीय संसद्बाट भएको सहयोगका लागि आभार व्यक्त गरिन् ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार १३:२८