सुदूरपश्चिमको ९ क्षेत्रमा मात्र कांग्रेसको उम्मेदवारी, देउवासहितका यी हुन उम्मेदवार
२२ असोज, काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभाका लागि सुदूरपश्चिम प्रदेशको ९ क्षेत्रमामात्र उम्मेदवारी दिने भएको छ । सुदुरपश्चिमको १६ निर्वाचन क्षेत्र मध्ये कांग्रेसले ९ मात्र उम्मेदवारी दिन लागेको हो ।
कांग्रेस सभापति शेरबहादुर देउवा डडेलधुराबाट उम्मेदवारब बन्ने निश्चित भएको छ । उनी २०४८ सालदेखि त्यस क्षेत्रको जनप्रतिनिधि रहँदै आएका छन । बाजुराबाट सहामहामन्त्री बद्री पाण्डेले उम्मेदवारी दिने भएका छन । यस्तै अछाम(२ मा पुष्पबहादुर शाहले उम्मेदवारी दिनेछन ।
दार्चुलाबाट दीलेन्द्रप्रसाद बडुलाई उम्मेदवार बनाउने निर्णय कांग्रेसले गरेको छ । कांग्रेसले कञ्चनपुर र कैलालीमा पनि आफ्नो उम्मेदवारी प्रस्तुत गर्ने निर्णय गरेको छ । जस अनुसार कैलाली(१ मा रामजनम चौधरी, कैलाली(४ मा वीरबहादुर बलायर र कैलाली(५ मा डिल्लीराज पन्त कांग्रेसबाट उम्मेदवार हुनेछन । त्यस्तै कञ्चनपुर(२ मा एनपी साउद, कञ्चनपुर(३ मा रमेश लेखक उम्मेदवार हुनेछन ।
प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार १३:२५












