२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

चुनाव हार्ने रिपोर्टिङ पाएपछि प्रचण्डले चितवन छाडे, गोरखा २ बाट उम्मेदवारी दिने निश्चित

२१ असोज, काठमाडौँ । चितवन ३ बाट चुनाव हार्ने रिपोर्टिङ पाएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दहाल प्रचण्ड गोरखा २ बाट उम्मेदवार हुने निश्चित भएको छ । माओवादीका एक नेताका अनुसार प्रचण्डले आफू चितवनबाट चुनाव नलड्ने बारेमा गठबन्धनका नेताहरूलाइ पनि जानकारी दिएका छन ।

चुनावी तयारीका लागि चितवनको आफ्नो निर्वाचन क्षेत्रमा अलिसान घर बनाएका प्रचण्डले अबको राजनीति गोरखाबाट गर्ने निर्णय लिएका हुन । उनी पहिलो संविधानसभामा काठमाडौँ १० बाट चुनाव लडेका थिए भने दोस्रो संविधानसभामा सिराहाबाट चुनाव लडेका थिए ।

त्यस्तै २०७४ को चुनावमा उनी चितवन ३ बाट चुनाव लडेका थिए । अहिले उनी गोरखा २ बाट लड्ने निर्णयमा पुगेका हुन । उनले पछिल्लो पटक लड्ने चारवटा चुनाव सबै फरक फरक क्षेत्रबाट भएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार २१:३३