२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

सत्ता गठबन्धनको बैठकमा नगएको जसपा एमालेसँग सहमतिको खाका तयार गर्दै

२१ असोज, काठमाडाैँ । सत्ता गठबन्धनको बैठकमा नगएको जनता समाजवादी पार्टी (जसपा)ले एमालेसँग सहमति गर्ने अन्तिम तयारी गरेको छ । एमालेसँग गएरातिदेखि निरन्तर संवादमा रहेको जसपा शुक्रबार बिहानको गठबन्धनको बैठकमा अनुपस्थितथ रह्यो ।

अहिले जसपा र एमालेका नेताहरूको बीचमा दुइ पक्षीय छलफल भैरहेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको क्षेत्र भागवण्डाको विषयमा दुबै दलका नेताहरू केन्द्रीत रहेका छन । जसपाले मधेश प्रदेशका १६ र अन्य प्रदेशमा ६ सिट लिएर सहमति गर्ने तयारी गरेको नेताहरूले बताएका छन ।

अहिले बाँके २, बारा २ र धनुषा २ का कारण एमाले र जसपाको सहमतिको हस्ताक्षर गर्ने काम केही पर सरेको छ । बाँके २ मा एमालेले राप्रपाका धवलशम्शेर राणालाइ सहयोग गर्नुपर्ने छ भने बारा र धनुषामा एमाले प्रवेश गरेका नेताहरूलाइ चुनाव लडाउनुवर्ने बाध्यता एमालेसँग रहेको छ । ती तीनै क्षेत्रमा जसपाले पनि दाबी गरिरहेको छ । यद्यपी केही घण्टामा सहमति नै सार्वजनिक हुने एमालेका एक नेताले बताए ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार १२:२२