२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

लुम्बिनीको पूर्वाधार विकासमा चीनले लगानी गर्छः पर्यटनमन्त्री अधिकारी

२६ भदाै, काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले चीनले बुद्धको जन्मस्थल लुम्बिनीको पूर्वाधार विकासमा लगानी गर्ने प्रतिवद्धता जनाएको बताएका छन । चीनको सिचुवान प्रान्त लसान नगरपालिकाले लुम्बिनीको पूर्वाधार विकासमा आवश्यक लगानी गर्ने प्रतिवद्धता जनाएको हो।

नेपालमा धार्मिक पर्यटन वृद्धि गर्न चीनबाट आवश्यक सहयोग उपलब्ध हुने मन्त्री अधिकारीको विश्वास छ। चीनको सिचुवान प्रान्तमा आयोजित अन्तर्राष्ट्रिय पर्यटन मेलामा सहभागिता जनाएर फर्किएपछि मन्त्री रविन्द्र अधिकारी नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले मंगलबार पत्रकार सम्मेलनको अायोजना गरी मेलामा भएको द्विपक्षीय छलफलमा लसान नगरपालिकाले नेपालको लुम्बिनीको पूर्वाधार विकासमा आवश्यक लगानी गर्ने प्रतिवद्धता जनाएको हो।

पत्रकार सम्मलेनमा बोल्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेयकुमार त्रिपाठीले मेलाको क्रममा लुम्बिनीमा रहेको मायादेवी मन्दिर र अशोक स्तम्भको स्मारक लसान प्रान्तमा स्थापना गरेर लुम्बिनीको अझै बढी प्रचारप्रसार गर्ने सहमति पनि गरेको बताए । ५६ वटा राष्ट्रहरु सहभागी रहेको सो सम्मेलनमा नेपाललाई सह–आयोजकको सम्मान प्रदान गरिएको थियो। पत्रकार सम्मेलनमा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, नाट्टा अध्यक्ष सिएन पाण्डे लगायत समेत उपस्थित रहेका थिए ।

प्रकाशित मिति : 20:00