१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

ओएनएफले सिड्नीमा गर्यो दशैँ शुभकामना कार्यक्रम

१५ असाेज, अष्ट्रेलिया । प्रवासी नेपाली मञ्च (ओएनएफ) न्यु साउथ वेल्स राज्य समितिको आयोजनामा दशै, तिहार, नेपाल सम्वत ११४२ तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका सचिव रमेश पाण्डेको प्रमुख आतिथ्यमा भएको कार्यक्रमलाई सम्वोधन गर्दै पाण्डेले प्रवासमा रहेको नेपाली समुदायका लागि सहयोगी बन्न र प्रवासबाट मातृभूमिको लागि केहि योगदान गर्न सबैलाई आग्रह गर्दै आउदो चाड पर्वहरुको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा मञ्चका ओशीयान क्षेत्र इन्चार्ज विनोद श्रेष्ठ, सचिव सन्तोष दहाल, मञ्चका अष्ट्रेलिया अध्यक्ष केशब जोशीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

एनआरएनए अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङले एनएनआरएनले विगतमा जे जस्तो भए पनि अहिलेको नेतृत्वले सबैलाई समेटेर अगाडी बढ्ने बताए । कार्यक्रममा एनआरएनए उपाध्यक्ष तथा एनएसडब्लु संयोजक देव गुरुङ, एनएसडव्लु उपाध्यक्ष स्वीकृति भट्ट, नारी निकुञ्ज एनएसडव्लु संयोजक समिता गुरुङ समेतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

मञ्चको एनएसडव्लु अध्यक्ष कृष्ण सापकोटाको अध्यक्षता र सचिव शिव पौडेलको संचालनमा भएको कार्यक्रममा स्वागत मन्तव्य सिताराम घिमिरेले राखेका थिए ।

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार १५:३१