१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

सल्यानमा दर्शनार्थी बोकेको जीप दुर्घटना, २ को मृत्यु, १७ जना घाइते

१५ असोज, दाङ । सल्यानमा दर्शनार्थी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुर्घटनामा १७ जना घाइते भएका छन् ।सल्यानको खैराबाङ मन्दिरतर्फ दर्शन गर्न जाँदै गरेको रा१ज ५९८ नम्बरको जीप शनिबार बिहान पौने सात बजे कुमाख गाउँपालिका-७ जिमालीमा दुर्घटनामा भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा कुमाख गाउँपालिका-७ का ३९ वर्षीय मानबहादुर पुन र १४ वर्षीया एनका पुन रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता सन्तोष खनालले बताए । दुवैजनाको घटनास्थलमा मृत्यु भएको हो । जीप उकालो सडकमा ब्याक गर्ने क्रममा पल्टिएर १०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार ०९:५१