महरा सभामुखका लागि माओवादी उम्मेदवार
२५ फागुन, काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको सभामुखमा कृष्णबहादुर महरालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बिहान बसेको माओवादी केन्द्रको बैठकले महरालाई सभामुखको उम्मेदवार बनाउने औपचारिक निर्णय गरेको हो ।
पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी निवास खुमलटारमा बसेको बैठकले महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता पम्फा भुषासले दैनिकीलाई जानकारी दिइन ।
यसअघि एमालेसँगको सहमतिका आधारमा महरालाई सभामुखको उम्मेदवार बनाएको उनले बताइन । प्रतिनिधिसभाको सभामुख चयनका लागि आज उम्मेदवारको मनोनय दर्ताको कार्यक्रम रहेको छ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान १० देखि दिउँसो २ बजेसम्म सभामुखको लागि उम्मेदवारी दर्ता गर्न सकिनेछन ।
प्रकाशित मिति : २५ फाल्गुन २०७४, शुक्रबार १०:३५