अब कुकुर कुटे पनि जेल, काभ्रेका संविधानबहादुरको कुकुर कुट्ने दुर्इ जना जेलमा
२६ भदाै, काठमाडाैँ । अब कुकुर कुट्ने पनि जेल जाने भएका छन । सम्भवतः नेपालमै पहिलो पटक कुकुर कुट्नेविरूद्ध कारबाही चलाइएको हो । काभ्रेको बनेपा–७ मा कुकुरलाई कुट्ने दुई जनालाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको छ। वनेपाका संविधानबहादुर जोशीका कुकुर कुट्ने र धम्क्याउने दुई युवालाई प्रहरीले पक्राउ गरेको हो ।
‘घरपालुवा जनावर कुटेको’ उजुरी इलाका प्रहरी कार्यालयले दर्ता गरेपछि खानीखोला गाउँपालिका–७, हाल बनेपा–७ बस्दै आएका १९ वर्षीय सुरेश ब्लोन र धुलिखेल–१ का २८ वर्षीय राज लामामाथि मुद्दा चलाइएको हो। उनीहरूले जोशीको घरमा बाँधेर राखिएका कुकुर ‘टमी’ र ‘काली’ लाई रडले हानेर खुट्टा भाँचिदिएका हुन् । यही भदाै १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिता अनुसार प्रहरीले उजुरी लिएर कारबाही सुरू गरेको हो ।
प्रकाशित मिति : २६ भाद्र २०७५, मंगलवार ०८:३७