१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

शताब्दी पुरुष जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन ईश्वर पोखरेल अस्पतालमा

१० असोज, काठमाडाैँ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल आज ललितपुरको किष्ट अस्पतालमा पुगी जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो । शताब्दी पुरुष जोशी डेंगु संक्रमणका कारण चार दिनदेखि किष्ट अस्पतालमा भर्ना हुनुहुन्छ । वरिष्ठ उपाध्यक्ष पोखरेलले उहाँको स्वास्थ्य अबस्थाबारे जानकारी लिँदै शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो ।

शताब्दी पुरुष जोशीले आफ्नो स्वास्थ्य अवस्थाबारे चिन्ता व्यक्त गर्दै अस्पतालमा भेट्न आएकोमा एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई धन्यवाद दिनुभयो । चिकित्सकहरुले जोशीको स्वास्थ्य अवस्थामा सुधार आएको जानकारी दिएका छन् ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार २३:४१