१५ आश्विन २०८१, मंगलवार | Wed Oct 2 2024

राससका अन्तर्राष्ट्रिय समाचार शाखा प्रमुख भण्डारीलाई ‘रोटरी जर्नाे अवार्ड’

६ असाेज, काठमाडाैं । रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट—३२९२ (नेपाल—भुटान) ले विभिन्न विधा र प्रदेशगत आधारमा आज १२ पत्रकारलाई सन् २०२१–२०२२ को रोटरी जर्नाे अवार्ड प्रदान गरेको छ ।

पुरस्कृत हुनेमा आर्थिक पत्रकारितातर्फ राससका अन्तर्राष्ट्रिय समाचार शाखा प्रमुख शरच्चन्द्र भण्डारी, शिक्षातर्फ शेषकान्त पण्डित, स्वास्थ्यतर्फ प्रवीण ढकाल, वातावरणतर्फ मिथिलेश यादव, महिला तथा विकासतर्फ दुर्गा देवकोटा छन् । पुरस्कारको राशि जनही रु २५ हजार रहेको छ ।

प्रदेश १ बाट अर्जुनकुमार आचार्य, मधेस प्रदेशबाट नेहा झा, बागमतीबाट नवराज छतकुली, गण्डकीबाट कोपिला कँडेल, लुम्बिनीबाट डिलाराम भुसाल, कर्णालीबाट सरिता चलाउने र सुदूरपश्चिम प्रदेशबाट हर्कबहादुर विक पुरस्कृत भए ।

उनीहरुलाई जनही रु २० हजार प्रदान गरिएको थियो । सबै पुरस्कार रोटरी इन्टरनेशनलका सन् २०२३–२०२५ का निर्वाचित निर्देशक अनिरुद्र चौधरी, वर्तमान डिस्ट्रिक्ट गभर्नर जितेन्द्र राजभण्डारी र सन् २०२१–२०२२ का डिस्ट्रिक्ट गभर्नर राजिव पोखरेलले प्रदान गरे ।

विधागत पुरस्कारका लागि विधिन्न विधागत पत्रकारिता सम्बद्ध संस्थाबाट सिफारिस हुने तीन जनाको नाममध्येबाट जुरी कमिटीबाट छानिएका एक पत्रकारलाई पुरस्कार दिइँदै आएको छ । सो क्रममा नेपाल आर्थिक पत्रकार समाज, शिक्षा पत्रकार समाज, स्वास्थ्य पत्रकार मञ्च, नेपाल वातावरण पत्रकार समूह, र सञ्चारिका समूहले सहकार्य गरेका थिए ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहीबार १९:३८