१५ आश्विन २०८१, मंगलवार | Wed Oct 2 2024

थप तीन प्रदेशमा प्रदेशस्तरीय कार्यालय स्थापना गर्दै बीमा समिति

६ असाेज, काठमाडौं । बीमा समितिले थप तीनवटा प्रदेशमा प्रदेशस्तरीय कार्यालय स्थापना गर्ने भएको छ । कर्णाली प्रदेश, मधेश प्रदेश र सुदुरपश्चिम प्रदेशमा कार्यालय स्थापना गरिसकेको समितिले प्रदेश नं १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा पनि प्रदेशस्तरीय कार्यालय स्थापना गर्न लागेको हो । प्रदेशस्तरीय शाखा कार्यालय सञ्चालनका लागि समितिले एक सूचना जारी गर्दै घर।भवन बहालमा लिनका लागि गोप्य सिलबन्दी प्रस्ताव पेश गर्न अनुरोध गरेको छ ।

न्यूनतम क्षेत्रफल २ हजार वर्गफिट भएको घर तथा भवन भएका मालिकले सूचना जारी भएको ३५ दिनभित्र सिलबन्दी पेश गर्न समितिले जारी गरेको सूचनामा उल्लेख छ । समितिले प्रदेश नं१ विराटनगर प्रदेश कार्यालयको लागि महेन्द्रचोकदेखि बरगाछी चोकसम्म र मेनरोडको दायाँबायाँ १०० मिटरसम्म भित्री सडक छोएको हुनुपर्ने जनाएको छ ।

गण्डकी प्रदेश कार्यालय पोखराको लागि पोखरा महानगरपालिकाको न्यूरोड, साभगृहचोक, पृथ्वीचोक र चिप्लेढुंगा वरीपरी मुख्य सडक वा सो भन्दा भित्र १०० मिटरसम्म, भित्रि सहडकले छोएको हुनुपर्ने समितिले जनाएको छ ।

यस्तै, लुम्बिनी प्रदेश बुटवल कार्यालयको लागि बुटवल नगरपालिका, मिलनचोक, चौराहा, कालीकानगर वरीपरी मुख्य सडक वा सोभन्दाभित्र १०० मिटरसम्म, भित्रि सडकले छोएको हुनुपर्ने समितिले जनाएको छ ।

समितिका अनुसार शीलबन्दी प्रस्तावसँग बहालमा दिन चाहेको स्थानको पूर्ण विवरण, भवनको स्वीकृत नक्शा, निमार्ण सम्पन्न प्रमणपत्र, घरको फोटो, भवन निर्मित जग्गाको जग्गाधनी प्रमाणपत्र र मालपोत तथा जग्गाका जग्गाधनी प्रमाण्पत्र र मालपोत तथा घरजग्गा कर आव २०७८र०७९ सम्म चुक्ता गरेको प्रमाणपत्रको प्रतिलिपी लगायतका कागाजात तथा विवरणहरू पशे गर्नुपर्ने छ ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहीबार १५:०३