१७ चैत्र २०८२, मंगलवार | Wed Apr 1 2026

४० अर्बको ट्रेजरी विल्स सोझै खरिद गर्दै राष्ट्र बैंक

६ असाेज, काठमाडौं । बैंकिङ्ग प्रणालीमा तरलता अभावलाई सहज बनाउन नेपाल राष्ट्र बैंकले ४० अर्बको ट्रेजरी बिल्स सोझै खरिद गर्ने भएको छ। राष्ट्र बैंकले बोलकबोल प्रकृयाबाट २०७९ पुस मसान्तसम्म भुक्तानी अवधि भएका ४० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल्स सोझै खरिद गर्न लागेको हो।

ट्रेजरी बिल्स बिक्री गर्न चाहने बैंक तथा वित्तीय संस्थाले बिहीबार ३ बजेसम्म बोलकबोलमा भाग लिन पाउने केन्द्रीय बैंकले जनाएको छ। बोलकबोल आवेदनका आधारमा बैंकले शुक्रबार ट्रेजरी खरिद गर्नेछ। राष्ट्र बैंकले वित्तीय प्रणालीमा भएको तरलता अभावलाई व्यवस्थापनको लागि नेपाल सरकारको ट्रेजरी बिल्स सोझै खरिद गरेर उक्त रुपैयाँ वित्तीय बजारमा प्रवाह गर्न लागेको हो।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहीबार ११:१४