गोर्खाज फाईनान्सलाई नेपाल राष्ट्र बैंकद्वारा बजार निर्माता इजाजत पत्र प्रदान
२५ भदाै, काठमाडाैँ । गोर्खाज फाईनान्स लिमिटेडलाई नेपाल राष्ट्र बैंकले बजार निर्माता इजाजत पत्र प्रदान गरेको छ । इजाजत पत्र पाएसँगै अव गोर्खाज फाईनान्स लिमिटेडले नेपाल राष्ट्र बैंकद्वारा निष्कासित राष्ट्रिय बचतपत्र र नागरिक बचतपत्रको प्राथमिकतथा दोस्रो बजार कारोबार र बैदेशिक रोजगार बचतपत्रको दोस्रो बजार कारोबार गर्न पाउने गोर्खाज फाईनान्स लिमिटेडकाे जारी गरेकाे बिज्ञप्तीमा जनाएको छ ।
गोर्खाज फाईनान्स लिमिटेडको ग्राहकहरुले यो सेवा मुख्य कार्यलय डिल्लीबजार, काठमाडौंबाट प्राप्त गर्नेछन् । हाल गोर्खाज फाईनान्स लिमिटेडको चुक्तापुँजी ८७ करोड रहेको छ । फाईनान्सले आफ्ना ग्राहकहरुलाई मोबाईल बैंकिङ्ग, ई–बैंकिङ्ग, डेबिट कार्ड, आई.पि.एस. जस्ता आधुनिक सेवा प्रदान गरिरहको छ । फाईनान्सको हाल नेपाल भरि २२ वटा शाखा रहेको बिज्ञप्तीमा उल्लेख गरेको छ ।
प्रकाशित मिति : २५ भाद्र २०७५, सोमबार १०:४४