१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

नेपाल पुनर्बीमा कम्पनीद्वारा रि रेट्रो प्रोग्रामको लागि १९ ब्रोकर कम्पनी छनौट

३ असाेज काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले नेपाल रि रेट्रो प्रोग्रामका लागि १९ ब्रोकर कम्पनी छनौट गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९।८० का लागि ब्रोकर कम्पनीहरू छनौट गरेको हो ।

कम्पनीले सार्वजनिक खरिद ऐन अनुसार असोज २ गते ब्रोकर कम्पनीको सूची सार्वजनिक गरेको हो । कम्पनीले सार्वजनिक गरिएका ब्रोकरहरुमा अधिकांश भारतीय कम्पनीहरु रहेका छन् । कम्पनीले आफ्नो जोखिम भारलाई अन्य पुनर्बीमकमा हस्तान्तरण गर्नका लागी नेपाल रिरेट्रो प्रोग्राम अन्तर्गत पुनर्बीमा ब्रोकर कम्पनीहरुको नाम सार्वजनिक गरेको हो ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार १२:५८