१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

सशस्त्र प्रहरीमा दुर्गममा कार्यरत तल्लो दर्जाकाले पनि पाए विभुषण

३ असोज, काठमाडाैँ । संविधान दिवसको अवसरमा विभुषण प्राप्त गर्ने सशस्त्र प्रहरीका अधिकांश कर्मचारी दुर्गममा कार्यरत रहेका छन । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले यस पटक विभुषण सिफारिसका लागि १५ सदस्यीय समिति नै गठन गरेका थिए ।

सोही समितिको सिफारिमा संगठनमा उत्कृष्ट कार्य गर्ने कर्मचारी र विशेषत दुर्गममा लामो समय कार्यरत र उद्दार लगायतका कार्यमा उत्कृष्ट काम गर्ने कर्मचारीको नाम छनौटमा परेको छ ।

सशस्त्र प्रहरीका अुनसार जुम्ला, डोल्पा, छाङ, मुगु, ओलाङ्चुङगोला, किमाथांका लगायतका दुर्गम जिल्लामा लामो समय कार्यरत हबल्लादार, जवान तथा परिचरहरूको छनौट भएका छन । जसमा सशस्त्र प्रहरीका हवल्दार जनक सिंह धामी छाङ्रु, परिचरहरु सेबकराम मौर्य डोल्पा, भुबनेश्वर मण्डल जुम्ला लगायतका छन् । यस्तै अन्य दर्जाको समेत समितिले छनौट गरे अनुसार नै मुख्यालयले नाम सिफारिस गरेको थियो ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार १०:२५