१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

ओएनएफ अष्ट्रेलियाले गर्यो कार्य विभाजन

२ असाेज, अष्ट्रेलिया । प्रवासी नेपाली मञ्च (ओएनएफ) अष्ट्रेलियाले हालै सम्पन्न अधिवेशन पछि आफ्नो कार्य विभाजन गरेको छ । पाचौ अधिवेशनबाट निर्वाचित राष्ट्रिय कमिटीको प्रथम बैठकले राज्य कमिटी इन्चार्ज, पव्लिक रिलेसन अफिसर सहित विभागीय प्रमुखहरु तोकिएको प्रचार विभाग प्रमुख अशिम कोइरालाले बताएका छन् ।
प्रमुख कोइरालाले जारी गरेको विज्ञप्ति अनुसार १२ सदस्यीय सचिवालय गठन गरिएको छ । जसमा अध्यक्ष केशव जोशी, उपाध्यक्षहरु राम घिमिरे, बालगोपाल उपाध्याय, चिन बहादुर नेपाली सचिव प्रकाश पन्थी, उप सचिवहरु होम नाथ निरौला, हेम खनाल, अशिम कोईराला, आर्थिक विभाग प्रमुख दिपक पहारी र सदस्यहरु सिता केशी, भुवन पाण्डे, विएन मण्डल रहेका छन् । भने राज्य कमिटीको इन्चार्जमा न्यु साउथ वेल्स- राम घिमिरे, कुइन्सल्याण्ड- चिन बहादुर नेपाली, साउथ अष्ट्रेलिया- बालगोपाल उपाध्याय, वेस्टन अष्ट्रेलिया- होम नाथ निरौला, भिक्टोरिया- हेम खनाल, तास्मानिया- सुजन लामिछाने, नर्दन टेरोटेरी- भवानी पौडेल, अष्ट्रेलियन क्यापिटल टेरोटेरी- किशोर भण्डारी तोकिएको छ |

भर्चुअल माध्यमबाट भएको बैठकले पब्लिक रिलेशन अफिसरमा मञ्चका सचिव प्रकाश पन्थीलाई नियुक्त गरेको छ भने ११ बटा विभिन्न विभागहरु गठन समेत गरेको छ । जसमा प्रचार विभाग – अशिम कोइराला(प्रमुख),प्रेम प्रकाश शाही( उप प्रमुख), संगठन विभाग- बालगोपाल उपाध्याय(प्रमुख), कृष्ण सापकोटा ( उप प्रमुख),महिला विभाग -सिता थापा ( प्रमुख),युवा विभाग- भुवन पाण्डे(प्रमुख),विशाल राना मगर ( उप प्रमुख),उद्यमशीलता बिभाग – बिजय फुयाल (प्रमुख), ज्ञान तथा सिप बिभाग – किशोर भण्डारी (प्रमुख), विएन मण्डल (उप प्रमुख), सामाजिक संघ संस्था विभाग- केशब जोशी(प्रमुख), सामाजिक कल्याण बिभाग – नरविर नेम्वाङ्ग (प्रमुख), नारायण बस्नेत (उप प्रमुख), आर्थिक विभाग- दिपक पहारी (प्रमुख), दिनेश पाण्डे (उप प्रमुख),खेलकुद विभाग – दिनेश पाण्डे (प्रमुख),प्रभात मगर (उप प्रमुख), पर्यटन प्रबर्धन बिभाग – सुर्य मोहन शर्मा (प्रमुख) प्रकाश पौडेल (उप प्रमुख) रहेका छन् ।

मञ्चका अन्तर्राष्ट्रिय कमिटी सचिव रमेश पाण्डेको प्रमुख आतिथ्य र अन्तर्राष्ट्रिय कमिटी सदस्य तथा ओशियाना ईन्चार्ज डा. विनोद श्रेष्ठको बिषेश आतिथ्य, ओशियाना अध्यक्ष राजु उपाध्याय र सचिव रमेश पौडेलको आतिथ्यमा भएको बैठकले सल्लाहकार समितिकाे प्रमुखमा डा. जगदिश तिमिल्सिना र सदस्यहरुमा धर्म राज अधिकारी, भवानी ओली, चन्द्र योन्जन, महेन्द्र बहादुर कार्की, होम पाण्डे, डा.हेमाङ्ग शर्मा, डा. राम आचार्य, भैरब ढकाल, शिशिर नेपाललाई नियुक्त गर्ने निर्णय समेत गरेको छ ।

जारी बिज्ञप्ति अनुसार बैठकले गत अगष्ट २७ र २८ सिड्नीमा सम्पन्न पाचौ अधिवेशनको समिक्षा गर्दै अधिवेशन भव्य र सभ्य रुपमा सम्पन्न भएको त्यसलाइ सफल बनाउन भुमिका खेल्नु हुने आयोजक तथा स्वयंसेवकहरुमा विशेष धन्यवाद तथा नेपालबाट आउनु भएका नेकपा एमाले विदेश विभाग प्रमुख राजन भट्टराई सहित सम्पुर्ण अतिथिहरुमा आभार व्यक्त गरेको छ ।

यसै गरि मञ्चका अष्ट्रेलिया अध्यक्ष केशब जोशीले प्रथम बैठकबाट राष्ट्रिय कमिटीका सदस्यहरुको कार्य विभाजन गरिएको र आगामी बैठकहरुबाट विभागलाई पुर्णता दिने बताए । उनले आगामी नोभेम्वर ५-६ मा काठमाडौंमा हुने मञ्चको अन्तर्राष्ट्रिय कमिटीको प्रथम अधिवेशनमा अष्ट्रेलियाबाट २५ प्रतिनिधिहरु सहभागी हुने समेत बताए ।

प्रकाशित मिति : २ आश्विन २०७९, आईतवार १६:१६