१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

रसुवागढी नाका बिहिबारदेखि सञ्चालनमा आउने

२९ भदौ, काठमाडौं । रसुवागढी नाका बिहीबारदेखि सञ्चालनमा आउने भएको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले नेपालतर्फका नाका खोल्नेबारे राष्ट्रपतिलाई जानकारी गराए लगत्तै रसुवागढी नाका सञ्चालनको जानकारी चिनियाँ पक्षले गराएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । चीनको तिब्बततर्फ कोरोना संक्रमण बढेको भन्दै साउन २५ देखि चिनियाँपक्षले रसुवागढी नाका बन्द गरेको थियो ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार १९:४४