१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

महाभियोग सिफारिस समितिले चोलेन्द्रले नाम लिएका न्यायाधीश र वकिललाई छलफलका लागि बोलायो

२९ भदाै, काठमाडाैं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले महाभियोगमा लागेका आरोपको बयान दिने क्रममा नाम लिएका सर्वोच्च अदालतका न्यायाधीश र कानुन व्यवसायीसँग पनि प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले छलफल गर्ने भएको छ ।

बिहीबार बिहानदेखि सर्वोच्च अदालतका न्यायाधीश र कानुन व्यवसायीलाई छलफलमा बोलाउने निर्णय भएको समिति सचिव लक्ष्मी गौतमले जानकारी दिए।

महाभियोग सिफारिस समितिको बुधबारको बैठकले प्रधानन्यायाधीश जबराले नाम लिएका सर्वोच्च अदालतका न्यायाधीश र कानुन व्यवसायीलाई छलफलमा बोलाउने निर्णय गरेकाे हो ।

जबराले बयानका क्रममा कायममुकायम प्रधानन्यायाधीश दीपक कार्की, न्यायाधीशहरू हरिकृष्ण कार्की, प्रतिनिधिसभाको दोस्रो विघटनविरुद्धको मुद्दाको सुनुवाइका लागि गठित संवैधानिक इजलासमा रहेका न्यायाधीशहरू मीरा खड्का, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराईको नाम लिएका थिए । त्यस्तै, जबराले न्यायाधीश प्रकाशमानसिंह राउतको पनि नाम लिएका थिए ।

जबराले नेपाल बार एसोसिएसनका तत्कालीन अध्यक्ष चण्डेश्वर श्रेष्ठ र महासचिव लिलामणि पौडेललाई पनि जबराले न्यायाधीशलगायत मागेको र आफूले नदिएपछि आन्दोलनमा उत्रिएको बताएका थिए ।

त्यस्तै, वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, रमण श्रेष्ठ, हरिहर दाहाल, अधिवक्ता ओमप्रकाश अर्याललयातको नाम जबराले लिएका थिए । सबैलाई बिहीबार बोलाएर छलफल गर्ने निर्णय भएको गौतमले जानकारी दिए ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार १२:४४