१५ चैत्र २०८२, आईतवार | Sun Mar 29 2026

आशा लघुवित्तले ३ लाख कित्ता शेयर बिक्री गर्दै

२९ भदाै, काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । लघुवित्तले असोज ४ गतेदेखि ३ लाख कित्ता शेयर बिक्री गर्ने भएको हो ।

उक्त शेयरको न्यूनतम मूल्य ३९५ रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ ।कम्पनीले योग्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी असोज १२ गतेसम्म यो शेयर विक्री गर्न लागेको हो ।

तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १० हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र असोज १३ गते विहान ११ बजे विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडमा खोलिने जनाइएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार १२:०७