१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

१ करोड रुपैयाँ धनराशीको ‘भवन कीर्ति रत्न पुरस्कार’ महावीर पुनलाई

२८ भदाै, काठमाडाैं । महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई १ करोड रुपैयाँ धनराशीको भवन कीर्ति रत्न पुरस्कार प्रदान गरिएको छ । मंगलवार गैर–आवासीय नेपाली संघ र बीबी फाउण्डेशनको संयुक्त पहलमा काठमाडौंमा एक कार्यक्रम आयोजना गरी केन्द्रलाई पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रममा पुरस्कार ग्रहण गर्दै राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष पुनले आविष्कार केन्द्रलाई माथिल्लोस्तरमा पुर्याउन आवश्यक रहेको बताए । उनले एउटा मात्रै आविष्कार केन्द्रहरू नभई धेरैभन्दा धेरै आविष्कार केन्द्र खोल्नुपर्ने बताए । आविष्कार केन्द्रहरू खोलेर देशको अर्थतन्त्र सुधार्न सके देशलाई कसैले पनि हेप्न नसक्ने उनको भनाइ थियो ।

अध्यक्ष पुनले हाईवे, एयरपोर्ट र विश्वविद्यालय मात्रै खोलेर देशको अर्थतन्त्र सुधार हुन नसक्ने बताए । उनले अर्थतन्त्र बिग्रिएको खण्डमा सबै क्षेत्रमा तहसनहसको अवस्था बन्ने बताए ।

बिबी फाउण्डेसनका अध्यक्ष एवं गैरआवसीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्टले १०औँ सम्मेलनका अवसरमा उक्त पुरस्कार घोषणा गरेका थिए । ‘भवन कीर्ति रत्न’ पुरस्कार हरेक दुई–दुई वर्षमा प्रदान गरिने बताइएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलवार १९:०९