३ पुष २०८२, बिहीबार | Thu Dec 18 2025

सेयर बजारमा हरियाली, ९२ करोड २५ लाखको कारोबार

२८ भदाै, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा हरियाली छाएको छ । लामो समययता लगातार घटेको सेयर बजारमा मंगलबार बढ्न पुगेको छ । सेयर बजार बढेसँगै लगानीकर्ताहरुमा उत्साह थपिएको छ । उनिहरुमा अब बजार लयमा फर्किने आशा जागेको छ ।

नेपाल स्टक एक्सेचेञ्ज (नेप्से) मंगलबार २१.३० अकंले बढेर १९३४.०४ बिन्दुमा बन्द भएको छ । यस दिन सूचीकृत २३१ कम्पनीको ३१ लाख ४६ हजार ९९६ कित्ता सेयर किनबेच हुदाँ ९२ करोड २५ लाख ७४ हजार ४०९ रुपैयाँको काराबोर भएकोहो । आज कारोबार भएका कम्पनीमध्ये १७२ वटा कम्पनीको सेयरमूल्य बढेको छ । १४ वटा कम्पनीको सेयरमूल्य घटेको छ भने ५ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

यस दिन बोटलर्स नेपाल (बालाजु) लिमिटेडको सेयरमूल्य १० प्रतिशतले बढेको छ । कारोबारको हिसावले मंगलबार नबिल बैंकको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको सेयर यस दिन ५ करोड ९४ लाख ८९ हजार रुपैयाँ कारोबार भएको हो । आज नेपाल बैंकको डिभेञ्चरको सबैभन्दा बढी गिरावट भएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलवार १५:२७