१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

सेयर बजारमा १३.५९ अंकको गिरावट, ८३ करोड १६ लाखको कारोबार

२७ भदाै, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार पनि सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो कारोबारको दिन अर्थात आइतबार ११.४७ अंकले घटेको नेप्से सूचक सोमबार १३.५९ अंकले घटेर एक हजार ९ सय १२ दशमलब ६९ विन्दुमा बन्द भएको छ ।

प्रि–ओपनिङ सेसनमा सामान्य अंकले नेप्से सूचक बढेपनि कारोबार बन्द हुँदासम्म घट्न पुगेको हो । सेयर बजार घटेपनि सोमबार कारोबार रकममा भने सामान्य सुधार आएको छ ।

यस दिन कूल २२५ वटा कम्पनीको २६ लाख १३ हजार ५ सय ४० कित्ता सेयर खरिदबिक्री हुँदा ८३ करोड १६ लाख ३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आइबार ७४ करोडको मात्रै कारोबार भएको थियो । आज कारोबार भएका १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूह बाहेक बाँकी सबै वटा उपसमूहको सेयर घटेको छ ।

सोमबार नबिल बैंकको सेयर सर्वाधिक खरिदबिक्री भएको छ । कम्पनीको यस दिन ४ करोड ७ लाख रुपैयाँ बढीको कारोबार भएको हो । आज युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रोपावरको सेयरमूल्य सबैभन्दा धेरै बढेको छ । यस दिन नेपाल इन्भेष्टमेन्ट डिबेञ्चर २०८२ को मूल्य सबैभन्दा धेरै घटेको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार १५:३०