१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

प्रेस चौतारी पत्रकार कल्याणकारी कोषमा युवा संघका नेता अधिकारीको सहयोग

२७, भदौ, चितवन प्रेस चौतारी चितवनले जिल्लाका पत्रकारहरुलाई आइपर्ने विभिन्न समस्या वा पीडामा सहयोग गर्ने उद्देश्यले स्थापना गरेको कल्याणकारी कोषमा रकम जुट्ने क्रम जारी छ । प्रेस चौतारी चितवन पत्रकार कल्याणकारी कोषमा राष्ट्रिय युवा संघ नेपाल चितवन संयोजक शंकर अधिकारीले नगद १० हजार आर्थिक सहयोग गर्नुभएको छ ।

संयोजक अधिकारीले प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितमार्फत कोषलाई सो रकम हस्तान्तरण गर्नुभएको हो । अधिकारी प्रेस चौतारी बागमती प्रदेश कमिटीको निवर्तमान सदस्यसमेत हुनुहुन्छ । पत्रकारिता क्षेत्रमा समेत रुची राख्ने अधिकारीले जिल्लाका पत्रकारहरुलाई समस्या पर्दा सबैले सहयोग गरेको रकमबाट थोरै भए पनि राहात पाउने विश्वास लिएको बताउनुभयो ।

उहाँले आगामी दिनमासमेत सहयोगलाई निरन्तरता दिँदै जाने प्रतिवद्धता जनाउँदै चौतारी चितवनले पत्रकारहरुको पक्षमा गरेको काम उदाहरणीय भएको बताउनुभयो । उहाँले विभिन्न अवसर, समारोह वा विषेश दिनमा सबैले जति सकिन्छ त्यति सहयोग गरेर कोषलाई मजबुद बनाउँदै जाँदा भविश्यमा जो कोही पत्रकारलाई पनि समस्या पर्दा सहयोग गर्न सक्ने बातावरण बन्ने बताउनुभयो ।

सो क्रममा चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले युवा संघ नेपाल चितवनका संयोजक अधिकारीले गरेको सहयोगले हौसला र उर्जा थपिएको बताउँदै यसले राम्रो सन्देश प्रवाह गर्ने बताउनुभयो । पत्रकार कल्याणकारी कोषको कार्यविधी नै बनाएर अगाढि बढेको अध्यक्ष पण्डितको भनाई छ । गत भदौ १२ गतेदेखि चौतारी चितवनले स्थापना गरेको कोषमा हालसम्म ६५१५५ रकम जम्मा भैसकेको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार ०८:३३