१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

नागरिकता विधेयक खारेज गर्न मा गर्दै काठमाडौंमा अनेरास्ववियुकाे प्रदर्शन

२६ भदाै, काठमाडाैं । नागरिकता विधेयक खारेज गर्नुपर्ने भन्दै अनेरास्ववियुले काठमाडौंमा प्रदर्शन गरेका छन् । नागरिकता विधेयक राष्ट्रको हितमा नरहेको र यसलाई खारेज गर्नुपर्ने भन्दै अनेरास्ववियुले आइतबार काठमाडौंको त्रिचन्द्र क्याम्पस अगाडी प्रदर्शन गरेका हुन् । सो क्रममा उनीहरुले नागरिकता विधेयक खारेज गरे, नागरिकता बेच्न पाईदैन, दलालहरु होसियार लगाएतका नारा लगाएका थिए ।

अहिलेका नागरिकता विधेयकले बिदेशीहरुलाई नागरिकता दिने बाटो खुल्ला हुने भएकाले खारेज गर्नुपर्ने अनेरास्ववियुको भनाई छ । यसअघि आइतबार नै नेविसंघले नागरिकता बिधेयक पारित गर्नुपर्ने भन्दै त्रिचन्द्र क्याम्पस अगाडी नै प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आईतवार १८:०३