१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

बुटवलबाट हराएका तीन बालक भारतमा भेटिए

२६ भदाै, बुटवल । बुटवलबाट हराएका तीन बालक भारतमा भेटिएका छन । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी ठगबहादुर केसीले हराएका बालकहरू भारतमा भेटिएको भनेर अभिभावकहरूबाट जानकारी प्राप्त भएको जानकारी दिए ।

उनले ती बालकहरू कसरी त्यहाँसम्म पुगे भन्ने बारेमा अनुसन्धान सुरू गरिएको जानकारी पनि दिए । डिएसपी केसीले तीनै बालकलाइ कसरी सहज तरिकाले नेपाल ल्याउने भन्ने बारेमा गृहकार्य भैरहेको पनि बताए ।

केसीका अनुसार बुटवल उपमहानगरपालिका वडा नं ११ का १५ वर्षका समीर लम्साल, १४ वर्षका प्रदीप पन्थी र १५ वर्षीय सागर पाैडेल शुक्रबार हराएका थिए । उनीहरू मध्ये २ जना नवीन औद्योगिक माविमा र १ जना नहरपुर माविमा अध्ययनरत थिए । शुक्रबार उनीहरू तीनै जनासँगै विद्यालय जान भनेर हिँडेका थिए ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आईतवार १०:०१