१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

निर्वाचनको मुखमा २८८४ प्रहरी जवानको सरूवा (सूचीसहित)

२३ भदौ, काठमाडौँ । प्रहरी प्रधान कार्यालयले गृहमन्त्रीको आदेशमा एकै पटक २८८४ जना प्रहरी जवानको सरुवा गर्ने निर्णय गरेको छ । मंसिर ४ को निर्वाचन घोषणा भएर तयारी समेत धमाधम भैरहेको समयमा प्रहरी प्रधान कार्यालयले निर्वाचन लक्षित गरेर प्रहरी जवानको सरूवा गरेको हो । प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभागले भदाै १९ गतेकै मितिमा सरूवाको सूचना सार्वजनिक गरेको छ।

प्रहरी जावनको सरूवामा सत्तारूढ दलका नेताहरूको सिफारिस समेत रहेको बुझिएको छ । प्रहरी प्रधान कार्यालयले सरूवा भएका प्रहरी जवानले असोज महिनादेखि तलब, भत्ता र सेवासुविधा सरूवा भएकै स्थानबाट पाउने गरी व्यवस्था मिलाइएको जनाएको छ ।

 

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार १०:०७