१२ फाल्गुन २०८२, मंगलवार | Tue Feb 24 2026

प्रभु बैंक र डिश मिडिया नेटवर्कबिच सेवा विस्तार तथा आकर्षक छुट उपलब्ध गराउने सम्झौता 

२२ भदाै, काठमाडाैं । आज मिति २०७९ भाद्र २२ गतेका दिन प्रभु बैंक लिमिटेड र डिश मिडिया नेटवर्क लि.का बिच विभिन्न सेवाहरुमा थप सुविधा र छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

प्रभु बैंक लि. को बबरमहलस्थित प्रधान कार्यालयमा आयोजित एक समारोहमा बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत श्री रश्मी पन्त र डिश मिडिया नेटवर्कका तर्फबाट सेल्स् विभागका प्रमुख श्री रमेश सापकोटाद्घारा उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।

प्रभु बैंक र डिश मिडिया नेटवर्क बिच सम्पन्न उ सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गर्नू हुने ग्राहक महानुभावहरुले डिश होम टी.भी र डिश होम फाइबर नेटको सेवामा थप सुविधा प्राप्त गर्ने भएका छन् भने डिश मिडिया नेटवर्कका सम्पूर्ण कर्मचारी,डिलर तथा ग्राहक महानुभावहरुले प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गर्दा बैंकले प्रदान गर्ने बिभिन्न सेवा तथा सुविधामा आकर्षक छुट प्राप्त गर्ने व्यवस्था मिलाईएको छ ।

यस सम्झौताबाट बैंकका निक्षेपकर्ताहरु तथा डिश मिडियाका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार १९:१३