१० किलो सुनका बिस्कुटसहित गोरखामा दुई जना पक्राउ
२३ भदौ, गोरखा ।गाेरखाबाट १० किलो अवैध सुनका बिस्कुट सहित दुई जना पक्राउ परेका छन् । चुमनुव्री गाउँपालिका–७ छेकम्पारका मुटुक लामा र लोप्सान तेन्जे लामालार्इ शनिवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
चीनसँगको खुल्ला सिमाना भएकाले सुन तस्करी हुने आशंकामा उक्त क्षेत्रमा चेकजाँचको क्रममा उनीहरुको साथबाट सुन बरामद गरिएको जिल्ला प्रहरी प्रमुख एसपी बिमल बस्नेतले बताए । दुइ जनाको साथमा ५/५ किलोको सुनका बिस्कुट भेटिएकाे बस्नेतले बताए ।
प्रकाशित मिति : २३ भाद्र २०७५, शनिबार १८:५५