१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

पीडितको वयानः सन्दीपले होस्टल जान नदिइ होटल लगेर दुईपटक बलात्कार गर्यो

२२ भदौ, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कारको अभियोग लागेको छ । टी-२० सिरिज खेल्न केन्या जानुअघि सन्दीपले भदौ ५ गते गौशलाको होटल काठमाडौँ इनमा लगेर बलात्कार गरेको पीडितले प्रहरीलाई बताएकी छिन ।

महानगरीय प्रहरी वृत गौशलामा सन्दीपविरूद्धको किटानी जाहेरी दर्ता भएको छ । भदौँ ५ गते नै सन्दिपले नगरकोट घुम्न लगेको र फर्केर आउँदा ढिला भएको भन्दै होस्टलमा जान नदिइ होटल लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रहरीले अहिले सम्बन्धित होटलहरूको सीसीटिभी फुटेज हेर्ने त्यहाँका कर्मचारीहरूसँग कुरागर्ने काम गरिरहेको छ ।

पीडितले साथीसँग गएर प्रहरीमा किटानी जाहेरी दिइएकी थिइन । १७ वर्षीय किशोरी मध्यबानेश्वरको एक होस्टलमा बस्दै आएकी थिइन । ह्वाट्सएप र स्न्याप च्याटमा कुराकानी भएर सन्दीपसँग नगरकोट घुम्न गएकी उक्त किशोरीलाई फर्किएर आएपछि होस्टल जान नदिएर सन्दीपले करकाप गरेर होटल पुर्याएको प्रहरीले बताएको छ ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख रवीन्द्रबहादुर धानुकले घटनाका सम्बन्धमा अनुसन्धान थालिसकेको र पीडितको स्वास्थ्य परीक्षण गरेर प्रहरीको संरक्षणमा राखिएको बताएका छन । उनीहरू सन्दीपकै कारमा दिउँसभर घुमेका थिए । प्रहरीमा घटनामा थप अनुसन्धान भैरहेको जनाएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार १०:३७