१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

पल शाहलाई २ वर्ष ६ महिनाको कैद सजाय, १० लाख रूपैयाँ क्षतिपूर्ति भराउन आदेश

२१ भदाै, चितवन । अभिनेता पल शाहलाई २ वर्ष ६ महिनाको कैद सजाय र २५ हजार रुपैयाँ जरिवाना  भएको छ । बाल यौन दुरुपयोगको मुद्दामा २ वर्ष ६ महिनाको कैद सजाय र २५ हजार रुपैयाँ जरिवाना सुनाएको छ ।

जिल्ला अदातल नवलपुरका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले मुद्दामा अन्तिम सुनुवाइ गर्दै मंगलबार पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन आदेश दिएको छ ।

अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीका अनुसार बलात्कारको अभियोगमा भने पलले सफाइ पाएका छन । शाह माथिको बलात्कार आरोपको अर्को मुद्दा जिल्ला अदातल तनहुँमा बिचाराधिन अवस्थामै रहेको छ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलवार १९:४७