२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

बजाजको दशैं अफरः “यसपालीको चाड, उपहार संगै स्वरोजगार″

२१ भदाै, काठमाडाैं । मंगलबार बजाज थ्री ह्वीलर्स, आरई बिएस ६ र बजाज माक्सिमा सी को एकमात्र वितरक, हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा लिले दशैं, तिहार र छठ अभियान सुरु गरेको छ। यो अभियानको नाम “यसपालीको चाड, उपहार संगै स्वरोजगार“ राखिएको हो।बजाज इन्ट्रासिटीले स्वरोजगार बन्न प्रोत्साहित गर्नका लागि सुरु गरिएको यो अभियानमा बजाज माक्सिमा सी वा आरई बिएस ६ को खरिदमा ३२ इन्चको हिम्स्टार एल इ डि स्मार्ट टिभि वा सामसङ एफ्२२ स्मार्ट फोन पाउन सक्ने अफर ल्याएको छ।

हंसराज हुलासचन्द एण्ड कम्पनी लिमिटेडका निर्देशक, अभिमन्यु गोल्छाले भने “चाडपर्वको अवसरमा हाम्रा ग्राहकहरू माझ यो अभियान प्रस्तुत गर्न पाउँदा हामीलाई निकै गर्व लागेको छ । उत्कृष्ट उत्पादनहरूका साथै चाडवाडको रमाइलो अवसरमा रमाइला अफरहरू हाम्रा ग्राहकहरूलाई प्रदान गर्ने हाम्रो लक्ष्य हो ।

यो अफरले मानिसहरूलाई आफ्नै देशमा बजाज माक्सिमा सी वा आरई बिएस ६ खरिद गरि स्वरोजगार भई आत्मनिर्भर हुन प्रोत्साहन गर्नेछ।“ यो “यसपालीको चाड, उपहार संगै स्वरोजगार” अफर सिमित अवधिको लागि मात्र मान्य हुनेछ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलवार १८:४४