१ मंसिर २०८१, शनिबार | Sat Nov 16 2024

चुनावपूर्व गठबन्धन अर्थतन्त्रका लागि थप घातकः अर्थविद्हरू

२० भदौ, काठमाडौँ । वरिष्ठ अर्थविद्हरूले चुनाव पूर्वको गठबन्धन घातक हुने बताएका छन । नेपाल बुद्धिजीवी परिषद् काठमाडौंले शनिबार काठमाडौंमा गरेको नेपालको ‘अर्थतन्त्र विगत र वर्तमान’ विषयक विचार गोष्ठीमा ‘पोलिटिकल इकोनोमी अफ गठबन्धन’ सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै वरिष्ठ अर्थविद् प्रा डा शिवराज अधिकारीले चुनाव पूर्वको गठबन्धन राष्ट्रको हितमा नहुने बताए ।

कार्यपत्र प्रस्तुत गर्दै वरिष्ठ अर्थविद् प्रा डा शिवराज अधिकारी ।

अधिकारीले चुनाव अघिको गठबन्धनले आर्थिक सूचकलाई उठाउन कठिन हुने र कुनै पनि दलको एकल सरकार मात्र आर्थिक विकास र सम्बृद्धिका लागि उपयुक्त हुने भन्दै विभिन्न अनुसन्धान र तथ्यलाई प्रस्तुत गरे । अधिकारीले अन्तर्राष्ट्रिय उदाहरणहरू पेश गर्दै पूर्व गठबन्धन अर्थतन्त्रसँगै लोकतन्त्रका लागि पनि घातक हुने बताए ।

अधिकारीको कार्यपत्रमा टिप्पणी गर्दै प्रा डा गोविन्द नेपालले गठबन्धन वित्तिय गठबन्धनमा रूपान्तरण भैरहेको भन्दै यस्ता गठबन्धनहरू लोकतन्त्र र राष्ट्रिय हित दुबैको प्रतिकुलमा रहेको बताए ।

कार्यपत्रमा टिप्णी गर्दै अर्थविद् प्रा डा गोविन्द नेपाल ।

त्यस्तै नेपाल सरकार पूर्व सचिव रामशरण पुडासैनीले गठवनधन सरकारको अर्थतन्त्र संकट उन्मूख देखिएको बताए । कार्यपत्र प्रस्तुत गर्ने क्रममा पुडासैनीले गठबन्धन बनिसकेपछि नेपालको अर्थतन्त्र सूचकहरु पछिल्लो सरकारको तुलनामा धेरै कमजोर भएको बताए । उनले देशलाई आर्थिक संकटबाठ गुज्रन नदिन अर्थतन्त्रको संरचना परिवर्तन गरि भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने बताए ।

नेपाल सरकार पूर्व सचिव रामशरण पुडासैनी ।

पुडासैनीको कार्यपत्र प्रस्तुतमा टिप्पणी गर्दै नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक केशव आचार्यले गठबन्धनका नाममा भ्रष्टाचार बढेको बताए । उनले सत्तारूढ दलहरूको गठबन्धन वित्तिय गठबन्धनमा परिणत भएको बताए । आचार्यले जनताले आफूले चाहेको चुनाव चिन्हमा मतदान नै गर्न नपाउने गरी चुनावी तयारी भएको भन्दै चिन्ता व्यक्त गरे ।

नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक केशव आचार्य ।

सो कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकारले मुलुकमा स्थायित्व र समृद्धि नदिने बताए । उनले कार्यपत्र प्रस्तुती र टिप्पणीका कार्यक्रममा तथ्यपरक विषयहरू बाहिर आएको भन्दै यसलाई हातेपुस्तक बनाएर जनताको बीचमा लैजानुपर्ने बताए । उनले मुलुकको राजनीति दुई ध्रुवमा विभाजित भएको र समृद्धि र अग्रगामी समूहको नेतृत्व नेकपा एमालेले गरिरहेको तथा दक्षिणपन्थीको नेतृत्व कांग्रेसले गरिरहेको बताए ।

प्रमुख अतिथि नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल सम्बोधन गर्दै ।

बुद्धिजीवी परिषद् काठमाडौं जिल्ला कमिटीका अध्यक्ष प्रा डा ओम बरालको अध्यक्षतामा भएको कार्यक्रममा सहसचिव दयानिधि छत्कुलीले स्वागत गरेका थिए भने सचिव डा जेबी प्रधानले सञ्चालन गरेका थिए ।

कार्यक्रममा सहभागी प्रमुख अतिथि नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अतिथि प्राध्यापक चिरञ्जिवी खनाल लगायत ।

कार्यक्रममा नेपाल बुद्धिजीवी परिषद्का कार्यवाहक अध्यक्ष डा विधान आचार्य, त्रिवि पत्रकारिता केन्द्रीय विभागका प्रमुख प्राध्यापक चिरञ्जिवी खनाल, बुद्धिजीवी परिषद्काका केन्द्रीय सचिव डा दिपेन्द्र श्रेष्ठ, डा दिपेन्द्र भण्डारीसहित १५० भन्दा बढीले सहभागिता जनाएका थिए ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार १०:०६