१३ पुष २०८२, आईतवार | Sun Dec 28 2025

सडक दुर्घटनामा टाटा सन्सका पूर्वअध्यक्ष साइरस मिस्त्रीकाे निधन

१९ भदाै, काठमाडाैं । भारतको व्यापारिक कम्पनी टाटा सन्सका पूर्वअध्यक्ष साइरस मिस्त्रीको सडक दुर्घटनामा परी निधन भएको छ। गुजरातको अहमदावादबाट मुम्बई आउँदै गरेका मिस्त्री सडक दुर्घटनामा परेका प्रेस ट्रस्ट अफ इन्डियाले जनाएकाे छ ।

उनी चढेको मर्सिडिज कार आइतबार दिउँसो सडकको डिभाइडरमा ठोक्किएको थियो। कारमा सवार चार जनामध्ये दुई जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ।

दुर्घटनापछि अस्पताल पुर्‍याइएका मिस्त्रीलाई डाक्टरले मृत घोषणा गरेका थिए। मिस्त्री सन् २०१२ देखि २०१६ सम्म टाटा सन्सका अध्यक्ष बनेका थिए।

प्रकाशित मिति : १९ भाद्र २०७९, आईतवार १७:२५