३ पुष २०८२, बिहीबार | Thu Dec 18 2025

सेयर बजारमा सामान्य सुधार, १ अर्ब ७ करोडको कारोबार

१९ भदाै, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले शुक्रबारको कारोबार हटाउने निर्णय गरेसँगै आइतबार सेयर बजारमा सुधार देखिएको हो । केही साता यता निरन्तर ओरालो लागेको सेयर बजार यो साताको सुरुवात मै सकारात्मक सुचक देखा परेको हो ।

आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.६८ अकंले बढेर १९७७.३० बिन्दुमा बन्द भएको छ । यस दिन २२७ कम्पनीको २८ लाख ७६ हजार २८८ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ७ करोड १६ लाख १५ हजार ९२२ रुपैयाँको कारोबार भएको छ । सेयर बजारमा सुधार आएपनि कारोबार रकम भने खुम्चिरहेको छ ।

आज कारोबार भएका कम्पनीमध्ये ११३ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने ४१ वटा कम्पनीको सेयरमूल्य घटेको छ भने १५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज रु रु जलविद्युत्त कम्पनी र हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको सेयरमूल्य बढेको छ । यस दिन रिडी पावरको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । आज सपोर्ट लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आईतवार १५:२६