१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

एमाले उपाध्यक्ष थापालाई मातृशोक

१९ भदौ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापालाई मातृशोक परेको छ । थापाकी आमा नन्दकुमारी थापा मगरको आज निधन भएको एमाले नेता योगेश भट्टराईले बताएका छन् ।

‘नेकपा एमालेका उपाध्यक्ष कमरेड रामबहादुर थापाकी ममतामयी आमा नन्दकुमारी थापामगरको आज निधन भएको छ । दिवंगत आमाप्रती भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै कमरेड रामबहादुर लगायत शोक सन्तप्त सम्पूर्ण परिवार र आफन्जजनहरूमा गहिरो समबेदना व्यक्त गर्दछु,’ भट्टराईले आज सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आईतवार १४:०४