१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

एमालेबाट नुवाकोट १ ‘क’मा ६ जनाको दाबी, बलरामलाई सर्वसम्मत गर्न सुशील बने बाधक

१८ भदौ, नुवाकोट । नेकपा एमालेबाट नुवाकोट जिल्लाको क्षेत्र नम्बर १ को प्रदेशसभा ‘क’मा प्रत्यक्षमा उम्मेदवार हुन ६ जनाले रहर गरेका छन । रहर गर्ने धेरैभएपछि शुक्रबारका लागि बोलाइएको बैठकले कुनै निर्णय नै गर्न नसकेको एमाले नेताहरूले बताएका छन । भोलि आइतबारको क्षेत्रीय समितिको बैठकअघि आवश्यक निर्णय गर्ने तयारी भएको छ ।

प्रदेशसभा ‘क’मा बागमती प्रदेश कमिटीका सदस्य मिलन लामा, जिल्ला कमिटीका उपसचिव निलकण्ठ आचार्य, जिल्ला कमिटी सदस्य मनोज उप्रेती, स्थानीय चुनावअघि सुनबहादुरसहित कांग्रेसबाट एमाले प्रवेश गरेका सुशील खड्का, राजकुमार पण्डित र केदार थापा रहेका छन ।

शुक्रबार तादी गाउँपालिकाको खरानीटारमा भएको बैठकमा दाबी गरेका मध्ये ५ जनाले प्रदेश कमिटीका सदस्य बलाराम आचार्यलाई सर्वसम्मत उम्मेदवार बनाउने प्रस्ताव गरेको भए पनि खड्काले दाबी नछाडेपछि ६ जनाले नै दाबी कायम गरेका छन ।

आचार्यले भने सर्वसम्मत नहुँदा प्रदेशमा आफ्नो दाबी नरहने बताएको दाबी गर्ने मध्येका एक मनोज उप्रेतीले दैनिकीलाई जानकारी दिए । आचार्य एमालेकाे थाेरै बाैद्धिक नेता मध्येमा पर्छन । नुवाकोट १ को खमा भने प्रत्यक्षमा पूर्णलाल श्रेष्ठको नाम सिफारिस भएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार २०:२९