१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

निजामति कर्मचारी संगठनको उपत्यका प्रदेश अध्यक्षमा इश्वर ओझा

१८ भदाै, काठमाडाैँ । नेपाल निजामति कर्मचारी संगठनको उपत्यका प्रदेश अधिवेशनबाट अध्यक्षमा इश्वर ओझा चयन भएका छन । शुक्रबार भएको अधिवेशने ओझाको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

अधिवेशनले उपाध्यक्षमा रेणुका सुवेदी, रामप्रसाद पन्थी र रामप्रसाद भुसाल चयन भएका छन । महासचिवमा कृष्णप्रसाद कडेँल चयन भएका छन ।

अधिवेशनबाट सचिवमा शिवा अधिकारी, चन्द्रप्रसाद शर्मा, दिनेश खत्री चयन भएका छन । त्यस्तै कोषाध्यक्षमा नारायणप्रसाद आचार्य चयन भएका छन । सदस्यहरूमा युवराज पन्थी, भवानीप्रसाद अधिकारी, दिपेन्द्र ढुंगाना, कुलप्रसाद न्यौपाने लगायत चयन भएका छन ।

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार १३:०२