१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

दोस्रो दिन चोलेन्द्र जबराको बयान जारी

१६ भदौ, काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको दोस्रो दिनको बयान जारी छ । सिंहदरवारमा महाअभियोग सिफारिस समिति बैठकमा उनको बयान सुरु भएको हो । बुधबारबाट सुरु गरिएको उनको बयान बिहीबार पनि जारी रहेको हो । समितिले तयार पारेको ४३ वटा प्रश्नमध्ये बुधबार २ वटा प्रश्न सोधिएको थियो ।

गत १ फागुनमा सत्तारुढ दलका सांसदहरुले जबराविरुद्ध महाअभियोगको प्रस्ताव प्रतिनिधिसभामा दर्ता गरेका थिए । प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिले उनको बयान लिन थालेको हो । बुधबारको बयानमा उनले महाअभियोग प्रस्ताव नै निस्क्रिय भइसकेको र न्यायाधीश, बार पदाधिकारी र राजनीतिक दलका नेतामाथि गम्भीर आरोप लगाएका थिए ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार १२:१६