१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

पहिलो दिन मैै श्रृजनशील लघुवित्तको आईपीओमा करिब १३ गुणा पर्यो आवेदनको

काठमाडौं । श्रृजनशील लघुवित्तको आईपीओमा आवेदनको ओहिरो लागेकोे छ । लघुवित्त कम्पनीले आज (भदौ १५ गते बुधबार) देखि सर्वसाधारणहरुका लागि निष्काशन गरेको साधारण सेयरमा (आईपीओ) मा पहिलो दिन मै मागभन्दा बढी आवेदन परेको हो ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बुधबार साँझ ५ बजेसम्ममा ४ लाख २६ हजार ९९२ जना आवेदनबाट ४७ करोड ८४ लाख ८ हजार रुपैयाँ बराबरको ४७ लाख ८४ करोड ८० कित्ता सेयरको लागि आवेदन परेको हो । यो सर्वसाधारणलाई छुट्टाएको भन्दा १२.९८ गुणा बढी हो ।

लघुवित्त कम्पनीले प्रतिकित्ता १०० रुपियाँमा ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता सेयर निष्कासन गरेको हो । कुल कित्ताको ०.५ प्रतिशत अर्थात ५ हजार ४७० कित्ता कर्मचारीहरुका लागि र निष्काशन गर्न लागेको सेयरको ५ प्रतिशत अर्थात १९ हजार ६९० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी ३ लाख ६८ हजार ५९० कित्ता सर्वसाधारण आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि छिटोमा भदौ १९ गतेसम्म र ढीलोमा भदौ २९ गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

केयर रेटिङ्गस नेपालले आईपीओ लघुवित्तको आईपीओलाई ‘केयरएनपी डबल बी माइनस इस्यूअर’ रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीले समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाउँछ ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार १८:१२