१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

एमाले प्रवेशको तयारीमा रहेका सुदूरपश्चिम प्रदेशका भौतिक राज्यमन्त्री चौधरी बर्खास्त

१५ भदाै, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरीलाई मन्त्रीबाट बर्खास्त गरिएको छ । चौधरी गत २५ चैत राज्यमन्त्री नियुक्त भएका थिए । उनलाइ मुख्यमन्त्री त्रिलोचन भट्टले बुधबार बर्खास्त गरेका हुन ।

नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट राज्यमन्त्री बनेका चौधरीलाई पार्टी गतिविधि विपरित काम गरेको भन्दै पार्टीको सिफारिसमा मुख्यमन्त्रीले बर्खास्त गरेका हुन । उनलाई मन्त्री पदबाट हटाउनुकाे देखिने कारण कारण भने खुलाइएकाे छैन ।

उद्यपी चाैधरी नेकपा एमालेमै फर्किने तयारी गरेपछि उनीलाइ बर्खास्त गरिएको नेकपा एसस्रोतले जनाएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार १४:१९