१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

सशस्त्र प्रहरीमा महानिरीक्षक अर्यालसँग विभागीय प्रमुखहरूको कार्यसम्पादन सम्झौता

१० भदाै, काठमाडाैँ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले बिभागीय प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू तथा सशस्त्र प्रहरी नायव महानिरीक्षकहरूले आर्थिक वर्ष २०७९/०८० को बार्षिक कार्यसम्पादन करार सम्झौता गरेका छन । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा शुक्रबार आयोजित समारोहमा उक्त कार्यसम्पादन करार सम्झौता भएको सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले दैनिकीलाई जानकारी दिए ।

उक्त समारोहमा बिभागीय प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्र प्रकाश गौतम तथा बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षकहरु बंशीराज दाहाल, ई.किशोर प्रधान, कमल गिरी, गणेश ठाडामगर, अभिकुमार खत्री, कुलबहादुर नेम्वाङ्ग, दुर्गाप्रसाद भट्टराई, शम्भु सुवेदी र राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजीले महानिरीक्षक अर्याल समक्ष कार्यसम्पादन सम्झौता गरे।

सशस्त्र प्रहरी बलका राष्ट्रसेवकहरुलाई जिम्मेवारीप्रति अझ बढि प्रतिवद्ध, कानून कार्यान्वयनमा अझै बढि दृढ तथा तोकिएको कार्य समय, पदिय अधिकारको सीमा र जिम्मेवारीसँग आवद्ध गर्दै उक्त सम्झौता गरिएको हो । सम्झौतापछि महानिरीक्षक अर्यालले समसामयिक विषयमा निर्देशन समेत दिएका थिए । सशस्त्र प्रहरीमा मातहतको अधिकारीसँग कार्यसम्पादन सम्झाैता गर्ने प्रचलन पूर्व महानिरीक्षक शैलेन्द्र खनालको पालामा सुरू भएको थियो ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार १६:२४