१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

काठमाडौं महानगरले खाली गरायो राहदानी विभागको अन्डरग्राउण्ड

१० भदाै, काठमाडाैं । काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको अन्डरग्राउण्ड खाली गराएको छ। नक्सामा ‘बेसमेन्ट’ उल्लेख गरिएको भवनको भुइँ तलामा विभागले सेवाग्राहीका लागि प्रतिक्षा कक्ष बनाएको थियो ।

बेसमेन्टमा सेवाग्राहीका लागि प्रतिक्षा कक्ष बनाइएपछि पार्किङ गर्न असहज भएको थियो । सेवाग्राहीले बाटैमा सवारीसाधन पार्किङ गर्ने गरेका थिए । सेवाग्राहीको सवारी साधनले त्यस क्षेत्रको ट्राफिक व्यवस्थापनमा समस्या भइरहेको थियो ।

महानगरपालिकाको टोली गएर विभागका कर्मचारीहरूलाई बेसमेन्ट खाली गराई पार्किङ राख्न भनेपछि त्यहाँ रहेको सबै कुर्सीहरू हटाइएको हो । विभागले बेसमेन्टमा पार्किङ राख्ने प्रतिबद्धता जनाएको महानगरपालिकाको टोलीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार १५:२४