४ मंसिर २०८१, मंगलवार | Tue Nov 19 2024

मोटरसाइकलको पछाडि बस्न नजान्दा नुवाकोटकी सावित्रीको घाँटीमा यसरी बेरियो सल

–दुर्गा पुडासैनी 

२२ भदाै, काठमाडाैँ । नुवाकोटको बेलकोटगढी नगरपालिका  वडा नम्बर ३ स्थायी घर भएकी सावित्री पुडासैनीको घाँटीमा सल बेरिदाँ गम्भीर घाइते भएकी छिन । बिहीबार मोटरसाइलको पछाडि बसेर कार्यालय जाँदै गरेकी सावित्री घाँटीमा अाफ्नो सल बेरिएको हो ।

मोटरसाइकलको पछाडी बसेकी सावित्रीको सल टायरमा बेरिएर कसिदाँ घाँटीमा गहिरो चोट लागेको छ । चोटबाट गम्भीर घाइते भएकी उनको अस्पतालमा उपचार भैरहेको छ ।

सवित्रीबाट पाठ सिक्दै अन्य महिलाहले पनि सल र साडी लगाउनेहरूले मोटरसाइलमा बस्दा विशेष ध्यान दिनुपर्ने देखिएको छ ।  मोटरसाइलक वा स्कुटरमा बस्दा महिलाले कुर्ताको फेर र सल सपक्क हुनेगरी बान्नुपर्छ । अन्यथा सावित्रीको जस्तै दुर्घटनामा पर्ने जोखिम हुन्छ ।

प्रकाशित मिति : २२ भाद्र २०७५, शुक्रबार १२:३६