१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

नुवाकोटका प्रेम रिमाल काठमाडाैँबाट हराए, खोजीमा सहयोग गरिदिन प्रहरीको आग्रह

८ भदाै, काठमाडाैँ । नुवाकोटका प्रेमप्रसाद रिमाल काठमाडाैँबाट हराएको उनको परिवारले बताएको छ । परिवारका सदस्यहरूले प्रहरीकोमा निवेदन दिएर खोजतलासमा सहयोग गरिदन अनुरोध गरेको छ ।

नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १२ स्थायी घर भै काठमाडाैँको कुलेश्वरमा फलफूल व्यवससाय गर्दै आएका रिमाल भदाै २ गते बिहान १० बजेदेखि हराइरहेको प्रहरीले जनाएको छ । रिमाल भदाै २ गते बिहान १० बजे पसलको पैसा उठाउन भन्दै बा ७६ प ३८४५ नम्बरको एभेन्जर मोटरसाइकलमा निस्किएका थिए तर सोही दिन १२ बजेदेखि उनको फोनमा सम्पर्क गर्दा सम्पर्क नभएको परिवारले जनाएको छ । 

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार ०८:१२