१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

मोरङमा विभिन्न हातहतियार सहित एक जना पक्राउ

६ भदौ, मोरङ । सुनवर्षी नगरपालिका–८ खडेबारीबाट विभिन्न हातहतियारसहित एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका–८ हरिचन्द्रगढी बस्ने २९ वर्षीय आरिफ मियाँ छन् । उनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट अटोमेटिक चाईनिज पेस्तोल एक थान, म्याग्जिन एक थान, ७.०५ एमएम राउण्ड एक थान र सिक्सर पेस्तोल एक थान बरामद भएको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सिक्टीबाट खटिएको टोलीले को.२७ प ४०६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा आरिफलाई कम्मरमा लुकाई ल्याएको उक्त हतियारसहित फेला पारी पक्राउ गरेको हो ।

थप सोधपुछको क्रममा ती हतियारहरू उर्लाबारी नगरपालिका–६ तरुण टोल बस्ने २९ वर्षीय नबिन धिमालले मगाएको खुल्न आएपछि प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरीले उनलाई रतुवामाई नगरपालिका–८ डाम्राभिट्टाबाट पक्राउ गरेको छ । उनको साथबाट प्रहरीले नगद ४७ हजार ७ सय ७० रूपैयाँ समेत बरामद गरेको छ ।

 

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार १२:२१