४ मंसिर २०८१, मंगलवार | Tue Nov 19 2024

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा तेस्रो पटक दिगम्बर झा नियुक्त

२२ भदाै, काठमाडाैँ । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा तेस्रो पटक दिगम्बर झा नियुक्त भएका छन्। विहीबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले ४ वर्षका लागि झालाई प्राधिकरणको अध्यक्ष पदमा पुनः नियुक्त गरेको हो। यसअघि अोली सरकारले नै उनको नियुक्ति बदर गरेको थियो तर फेरि बिहीबार उनलार्इ प्राधिकरणको अध्यक्षमा नियुक्त गरिएको छ ।

सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरूङ संयोजक रहेको सिफारिस समितिले गरेको सिफारिसका अाधारमा तीन जना मध्येबाट झालार्इ नियुक्त गरिएको हो । झा पुनः नियुक्त हुँदै छन भन्ने कुरा यसअघि नै प्रकाशमा अाएको थियो भने यही विषयलार्इ लिएर सरकारको चर्को अालोचना भएको थियो ।

 समितिले झासँगै पूर्व सचिव सुशील घिमिरे र प्राधिकरणका वरिष्ठ निर्देशक पुरूषोत्तम खनाललाई सिफारिस गरेको थियो । नेकपाको एउटा वृतले अध्यक्षमा सुशील घिमिरे हुनुपर्ने अडान लिए पनि झाको चुम्बकिय शक्तिका अघि घिमिरे निरीह सावित भएका हुन ।

प्रकाशित मिति : २२ भाद्र २०७५, शुक्रबार ०७:५६