१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

सञ्चोका सुपरभाइजर हरि चापागाईं माथि यौन दुर्व्यवहारको आरोप

५ भदौ, काठमाडौँ । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका एक एक कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ । लिमिटेडको सञ्चो शाखाका सुपरभाइजर हरि चापागाईंले सोही लिमिटेडमा कार्यरत महिला कर्मचारीमाथि यौन दुव्यवहार गरेका हनु । लिमिटेडको उच्च अधिकारीहरूलाइ दुर्व्यवहारको बारेमा जानकारी गराए पनि उल्टै कारबाहीको धम्की आएको पीडितले बताएका छन ।

हरि चापागाईंका विरूद्धमा पीडित महिलाले सबैभन्दा पहिला शाखा अधिकृत उषा रिजाललाई उजुरी दिएको बताएकी छिन । तर उनले त्यहाँबाट न्याया पाउनुको सट्ट उल्टै पीडा व्यहोरिन । उनले पीडकमाथि कारबाहीको अपेक्षा राखेको भए पनि रिजालले उनलाई उल्टै गाली गरिन ।

एकमात्र होइन अन्य महिला पनि त्यहाँ पीडित बनेको उनले बताइन । आफूमाथि पटक पटक भएको जस्तै दुर्व्यवहार अरूले पनि व्यहोरेको उनले बताएकी छिन । अहिले पाँच जना महिला एकै सुपरभाइजरबाट पीडित बनेका छन । उनीहरूले साउन २२ गते महाप्रबन्धकलाइ सम्बोधन गरेर उजुरी दिएका छन । यसअघि उनीहरूले वैशाख २५ गते पनि उजुरी दिएका थिए ।  पछिल्लो उजुरीमा २१ जनाले हस्ताक्षर गरेका छन । सो शाखामा ३० जना कर्मचारीले काम गर्दै आएका छन ।

 

प्रकाशित मिति : ५ भाद्र २०७९, आईतवार १५:२२