१६ चैत्र २०८२, सोमबार | Tue Mar 31 2026

सान्जेन जलविद्युतको आइपीओ आजबाट जारी

५ भदाै, काठमाडाैँ । सान्जेन जलविद्युत कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आइतबारबाट आइपीओ जारी गरेको छ । कम्पनीले स्थानीयलाई ३६ करोड ५० लाख बराबरको ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको हो ।

कम्पनीले रसुवाको आयोजना प्रभावित क्षेत्र अति प्रभावित आमाछोदीडमो गाउँपालिका–५ चिलिमे (साविक चिलिमे गाविस, प्रभावित वर्ग आयोजनाले निर्माण गर्ने प्रसारण लाइनबाट प्रभावित हुने आमाछादिडमो गाउँपालिका–४ गोल्जुङ (साविक गोल्जुङ गाविस), सामान्य प्रमावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरु १.२.३ (साविक गत्लाङ गाविस र हाक गाविस) तथा न्यून प्रभावित बाँकी सम्पूर्ण जिल्लाबासीलाई निष्कासन गर्न लागेको हो ।

अति प्रभावित क्षेत्रका स्थानीयलाई ४.३५, प्रभावित क्षेत्रका स्थानीयलाई ३, सामान्य प्रभावित क्षेत्रका बासीलाई १.५ र अन्य जिल्लावासीलाई १ को अनुपातमा सेयर बाँडफाँट हुने कम्पनीले जनाएको छ । स्थानीयले प्रतिकित्ता एक सय रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम सात सय कित्तासम्म आवेदन दिन सक्नेछन् ।

आवेदन दिने अन्तिम म्याद १९ भदौ छ । सो अवधिमा सबै सेयर बिक्री नभएमा ४ असोजसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । यस आइपीओको लागि बिक्री प्रबन्धकको कार्यनागरिक लगानी कोषले गर्नेछ भने सहबिक्री प्रबन्धकमा सनराइज र एनएमबी क्यापिटललाई नियुक्त भएका छन् ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आईतवार १२:०८